समाचारसोमबार, माघ १५, २०६९

दाहालको दाबी– ‘दश वर्ष सत्ता चलाउँछौं’

हिमालखबर

एनेकपा माओवादी जिल्ला अधिबेशन उद्घाटन गर्न १५ माघमा नवलपरासी आएका अध्यक्ष दाहालले कुनै पनि बाहनामा कांग्रेस एमालेले सत्ता नपाउने भन्दै थपे, “आन्दोलन गरे पनि चुनावमा गए पनि कांग्रेस एमालेले सत्ता पाउँदैनन् ।”

विपक्षी दलहरुको आन्दोलनप्रति लक्षित गर्दै दाहालले भने, “एक दुई सयको संख्यामा चिच्चाएर लुकेर ढुङ्गा हानेर सत्ता पाइन्न ।” उनले तत्कालिन राजा ज्ञानेन्द्रले लात हानेपछि कांग्रेस एमाले आफूसँग मिल्न आएको दाबी गर्दै अहिले विपक्षी दलहरुको मनस्थिति बिग्रिएको समेत आरोप लगाए । उनले सत्ता र सडक दुबै क्षेत्रमा हस्तक्षेपबाट समाजवादी क्रान्ति पूरा गर्ने बताए ।

प्रधानमन्त्रीलाई बहिस्कार
पार्टी जिल्ला अधिवेशन उद्घाटनका लागि अध्यक्ष दाहालसँगै प्रधानमन्त्री बाबुराम भट्टराईलाई नवलपरासीका पत्रकारहरुले बहिस्कार गरेका छन् ।
उदघाटन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा अधिवेशनस्थलबाट बाहिरिएर उनीहरुले बहिस्कार गरेका हुन् ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>