समाचारसोमबार, माघ १५, २०६९
दाहाललाई विश्वास गर्न सकिंदैनः थापा
पार्टी कामका लागि १५ माघमा तनहुँको माझकोट आएका नेता थापाले १२ बुँदे सहमतिदेखि अहिलेसम्मका कुनै पनि सहमति एमाओवादीले कार्यान्वयन नगरेको भन्दै अगाडि भने, “सहमति गरेर कार्यान्वयन नगर्ने माओवादीलाई कतिपटक कांग्रेसले विश्वास मात्र गरिरहने ?” संविधानसभाको निर्वाचन निश्चित भए विपक्षीको माग पुरा गर्न तयार रहेको भन्ने दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले दाहालका कुरामा विश्वास गर्न नसकिने बताए ।
कांग्रेसले विश्वास गर्दै जाने तर, एमाओवादीले घात गर्दै जाने भएकोले सहमति हुन नसकेको थापाको भनाई छ । उनले एमाओवादीले हरेक दिन सत्ता कब्जा गर्न खोजेको भन्दै थपे, “१६ हजार नेपाली जनता मार्ने मओवादीले सत्तामा गएर पनि विनास मात्रै गरेको छ । ”
पवन पौडेल, तनहुँ
