समाचारसोमबार, माघ १५, २०६९

डेकेन्द्र हत्याका नौ अभियुक्त विरुद्ध मुद्दा दर्ता

हिमालखबर

अभियुक्त लछीराम घर्ती ।

सर्वस्वसहित जन्मकैदको माग गर्दै सरकारी वकिलको कार्यालय मार्फत दैलेख प्रहरीले १५ माघमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । पक्राउ परेका लछीराम घर्ती, जयबहादुर शाही, वीरबहादुर केसी, निरक घर्ती र हरिलाल पुन साथै फरार भक्तिराम लामिछाने, केशव खड्का, अरुण भनिने बमबहादुर खड्का र मुक्ति भनिने बमबहादुर खड्का विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता डम्बर काफ्लेले जानकारी दिए ।

उक्त मुद्दाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माको टोलीले अभियुक्त विरुद्ध विभिन्न ६८ वटा प्रमाण जुटाएको छ । तत्कालिन माओवादीले जिल्लामा खानेपानीको आपूर्ति बन्द गराएपछि खुलाउनका लागि वार्तामा गएका पत्रकार थापालाई माओवादीले १२ असार २०६१ मा अपहरण गरी २७ साउनमा हत्या गरेका थिए । उनलाई जिउँदै खाल्डोमा पुरेको अभियुक्तले बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>