समाचारमंगलबार, माघ १६, २०६९

विपक्षी दलले काठमाडौंमा सभा गर्दै

हिमालखबर

माघ १० गतेदेखि दैलेखबाट आन्दोलन शुरु गरेका दलहरुले १६ माघबाट काठमाडौं केन्द्रीत आन्दोलन गर्न लागेका हुन् । आज शहीद दिवसको अवसर पारेर राजधानी केन्द्रीत आन्दोलन शुरु गर्न लागेको विपक्षी दलहरुले बताएका छन् ।

दिउँसो भृकुटीमण्डपबाट निस्कने विरोध र्‍याली शहीदगेट पुगी विरोधसभामा परिणत हुनेछ । विपक्षी दलहरुले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहीद र सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएकाहरुको फोटोसमेत प्रर्दशन गर्ने एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । यो विरोध प्रदर्शनको तयारीसभा भएकाले यसलाई आन्दोलनको शुरुवाताका रुपमा लिएको श्रेष्ठले बताए ।

विरोधसभालाई काङ्ग्रेसका तर्फबाट महामन्त्री प्रकाशमान सिंह, एमालेका उपाध्यक्ष बामदेव गौतम र अरु दलका तर्फबाट पनि दोस्रो तहका नेताले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>