समाचारमंगलबार, माघ १६, २०६९
बिस्थापित पत्रकारहरु दैलेख फर्किए
एमाओवादी कार्यकर्ताहरुले ज्यान लिने धम्की दिएपछि दैलेखका २२ जना पत्रकारहरु ११ माघदेखि सञ्चारमाध्यमहरु समेत बन्द गरेर सुर्खेतमा विस्थापित भएका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, क्षेत्रीय प्रशासक शारदा प्रसाद त्रिताल, क्षेत्रीय प्रहरी प्रमुख तपेन्द्रध्वज हमाल र मानवअधिकारकर्मीहरु पनि पत्रकारहरुसँगै दैलेख पुगेका छन् ।
दैलेख फर्किएका पत्रकारहरुलाई स्थानीय राजनीतिक दलका नेता कायकर्ता, जिल्ला प्रशासक, प्रहरी लगायत स्थानीयबासीहरुले अविर र फूलमाला लगाएर स्वागत गरेका थिए ।
पत्रकार विस्थापित भएपछि ६ दिनदेखि बन्द रहेका दैलेखका स्थानीय सञ्चारमाध्यमहरुका ताला पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले ताला खोलेर सुचारु गराएका छन् ।
