समाचारमंगलबार, माघ १६, २०६९

विपक्षी दलका कार्यकर्तामाथि बनेपामा आक्रमण

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षीहरुले बहिस्कार गर्ने अभियान नै चलाएपछि उनी उपस्थित हुने ठाउँहरुमा मुठभेड बढ्दै गएको छ ।

एमाओवादी काभ्रेको अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराई बनेपा आउने भएपछि कालो झण्डा देखाउने तयारीमा रहेका विपक्षी दलका कार्यकर्ताहरुमाथि एमाओवादी सम्बद्ध वाइसिएलले आक्रमण गरेको हो । बनेपाको तीन दोबाटोमा वाइसिएलले विपक्षी दलका नेता कार्यकर्ताहरुमाथि ढुंगा प्रहार गरेपछि भिडन्त भएको थियो ।

सुरक्षाका लागि आएको प्रहरीले विपक्षी दलका कार्यकर्ताहरुलाई रोके पनि वाइसिएललाई भने आक्रमण गर्न खुल्ला छुट दिएको विपक्षी दलहरुले बताएका छन् ।

यसैबीच वाइसिएल र प्रहरीको कडा सुरक्षामा प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एमाओवादी काभ्रेको अधिवेशनस्थलमा पुगेका छन् ।

दण्डहिनतालाई प्रश्रय दिएको भन्दै प्रधानमन्त्रीलाई बहिस्कार गर्ने विपक्षीहरुको योजनापछि प्रतिकारका लागि एमाओवादीले विभिन्न जिल्लाबाट वाइसिएल कार्यकर्तालाई बनेपामा ल्याएको छ । प्रहरी सुरक्षामा रहेका वाइसिएलले घरको छतमा बसेका मानिसहरुमाथि पनि ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>