समाचारमंगलबार, माघ १६, २०६९

एमाओवादीद्वारा पत्रकारमाथि आक्रमण

हिमालखबर

१५ माघमा एमाओवादीको बनेपा जिल्ला अधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारहरुमाथि एमाओवादी कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । सञ्चारमाध्यमहरुमा एमाओवादी विरोधी समाचार छापिएको भन्दै उनीहरुले पत्रकारलाई सिध्याउने धम्की पनि दिएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नरायणकाजी श्रेष्ठ सहभागी कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा समेत रोक लगाइयो । कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, सौर्य दैनिक, नेपाल समाचारपत्रलगायतका सञ्चारमाध्यमका पत्रकारहरुमाथि एमाओवादीबाट आक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>