समाचारमंगलबार, माघ १६, २०६९
आन्दोलन पनि सहमतिकै लागिः गुरुङ
१६ माघ २०६१ मा माओवादीद्वारा हत्या गरिएका एमाले जिल्ला सदस्य तिलक पाण्डेको स्मृति दिवस एवम् शहीद दिवसका अवसरमा सुन्दरबजारमा १६ माघमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आन्दोलनकै बलमा सरकारलाई सहमतिमा आउन बाध्य पार्ने बताएका हुन् । उनले विपक्षी दलहरुको आन्दोलन सत्ताका लागि नभएको स्पष्ट पार्दै विधिको शासन, लोकतन्त्र र संविधानको क्रियाशिलताका लागि भएको बताए ।
नेता गुरुङले माओवादी गलत बाटो हुँदै सत्तामा आएकोले उसलाई अप्ठेरो परेको दाबी गर्दै एमाओवादीको नीति क्रान्तिका लागि नभई देशलाई लुटनका लागि भएको आरोप लगाए । उनले माओवादीले युद्ध र राजनीतिको भेउ नपाएकोले मान्छेलाई तर्साएर, भ्रममा पारेर जबरजस्ती सत्तामा टिकिरहन चाहेको ठोकुवा गरे ।
गुरुङले स्वर्गीय तिलक पाण्डे राजनीतिमा मात्र नभई विकास र समाजिक आन्दोलनको अगुवा भएको चर्चा गरेका थिए । युवराज श्रेष्ठ, लमजुङ
