समाचारमंगलबार, माघ १६, २०६९

विपक्षी नौ दलको विरोधसभा

हिमालखबर

तस्बीर: रासस

शहीदका तस्बिरमा माल्यार्पण र शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रारम्भ भएको सो सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुका नेताले विपक्षीहरुको आन्दोलन सत्ताप्राप्तिका लागि नभई सहमतिको सरकार गठन गरी नयाँ संविधान निर्माणका लागि निष्पक्ष निर्वाचन गर्न प्रारम्भ भएको बताए । लोकतन्त्रको मूल्य र मान्यताको रक्षाका साथै विधिको शासनको प्रत्याभूतिका लागि आन्दोलनका उपलब्धिको रक्षा गर्न शहीद दिवसले प्रेरणा दिने नेताहरुले उल्लेख गरे ।

उनीहरूले एमाओवादी र मधेशी मोर्चा गठबन्धनको सरकार सर्वसत्तावादतर्फ अगाडि बढेर विगतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले जतिसक्दो चाँडो सरकारलाई विस्थापित गर्नुपर्ने भन्दै २६ माघबाट बृहत् विरोधसभा गरी निर्णायक आन्दोलन गरिने घोषणा गरे ।

कार्यक्रममा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी सङ्घीयता र लोकतन्त्र विरोधी भएको आरोप लगाउँदै एकदलीय अधिनायकवादी उग्रवामपन्थी चरित्रका कारण उसले संविधान निर्माण हुन नदिई स्वैच्छाचारिता लाद्न खोजेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक सङ्कटको अन्त्य तथा राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेको बताउँदै नयाँ संविधान निर्माणका लागि निर्वाचनको सुनिश्चितता नभएसम्म आन्दोलन अगाडि बढिरहने उल्ल्ोख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली, नेकपा(माले)का नेता डम्बर श्रेष्ठ, नेकपा(संयुक्त)का नेता गणेश साह, लालध्वज लामालगायतले सरकारको गतिविधिको आलोचना गरे ।

यसअघि भृकुटीमण्डपमा दलका नेता कार्यकर्ता जम्मा भई जुलुसका साथ शहीदगेटमा भेला भएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>