थप समाचारबुधबार, माघ १७, २०६९
जंगल मन पर्नेहरु उतै लागे हुन्छः कोइराला
प्रेस युनियन दाङ्ले १७ माघमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले एमाओवादीलाई जंगल प्यारो भएको र जंगलमा बानी परेको भन्दै थपे, “जसलाई जंगल प्यारो छ, उतै लागे हुन्छ ।” १६ माघमा काभ्रेको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई जंगल जान भनेपछि कोइरालालाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सत्तारुढ दलका नेताहरुको नेतृत्वमा चुनावमा नजाने पनि स्पष्ट पारेका छन् । “उनीहरु सबैले जनताको विश्वास गुमाइसकेका छन्,” कोइरालाले भने, “बाबुराम र प्रचण्ड पनि उस्तै हुन, उनीहरुको नेतृत्वमा सरकारमा जाने कल्पनासम्म पनि गर्न सकिंदैन ।”
कोइरालाले विपक्षी दलहरुले सरकारविरुद्ध गरेको आन्दोलन सत्ता प्राप्तिका लागि नभई मुलुकलाई संकटबाट निकास दिनका लागि बाध्यात्मक भएकोमा जोड दिए । उनले मुलुक संकटमा परेका बेला नेपाली कांग्रेसले नै पार लगाएको इतिहास भएको दाबी गर्दै अहिले पनि नेपाल कांग्रेसले नै समाधान दिने बताएका थिए ।
