समाचारबुधबार, माघ १७, २०६९
एमाओवादीले न्युरोड बन्द गरायो
शक्तिप्रदर्शनका नाममा एमाओवादी कार्यकर्ताहरुले विना कुनै पूर्व सूचना काठमाडौंको न्युरोडका पसलहरु बन्द गरएका छन् । ताम्राकार हाउसलगायतका व्यापारिक प्रतिष्ठानका सर्टरहरु एमाओवादीले बन्द गराउन थालेपछि अहिले न्युरोड पूरै बन्द भएको छ ।
विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेपछि एमाओवादीलगायत सत्ता गठबन्धनले जनपरिचलानका नाममा अर्को आन्दोलनको घोषणा गरेका छन् । सत्तपक्षसमेत सडकमा आउने भएपछि आन्दोलनरत विपक्षी दलहरु र सत्तापक्ष बीच मुठभेडको सम्भावना बढेको छ । सहमतिको राजनीतिक नारा भट्याउँदै आएका राजनीतिक दलहरुबीचको दुरी बढ्दै जाँदा मुलुकमा संविधानसभाको निर्वाचनको संभावना पनि टाढिंदै गएको छ ।
