समाचारबुधबार, माघ १७, २०६९

‘संविधानको सक्रियताका लागि भट्टराईलाई हटाउनु पर्छ’

हिमालखबर

रिपोर्टर्स क्लबले १७ माघमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले सचिव पोखरेलले संविधान र लोकतन्त्रको क्रियाशिलताका लागि राष्ट्रपतिले वर्तमान सरकारलाई बर्खास्त गरी लोकतन्त्रवादी शक्तिलाई सत्ता सुम्पनु पर्नेमा जोड दिएका छन् । “संविधान संरक्षकको नाम जपेर राष्ट्रपतिले अब घटनाक्रमलाई टुलुटुलु हेरेर बस्न हुँदैन,” पोखरेलले भने ।

उनले एमाले शान्तिपूर्ण तेस्रो जनआन्दोलनको पक्षमा रहेको बताउँदै अन्तरिम संविधानलाई जबरजस्ती निस्तेज पारिएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रनुपरेको प्रष्ट पारे । नेता पोखरेलले दैलेखमा प्रधानमन्त्रीको नेतृत्वमा विपक्षीमाथि दमन भएको र आन्दोलनरत विपक्षी कार्यकर्ताहरुलाई गोली हान्ने प्रधानमन्त्रीको आदेश नमानेको निहुँमा प्रजिअ र प्रहरी प्रमुखको सरुवा गरिएको बताए ।

उनले विपक्षीहरुले अहिले आन्दोलनको पूर्वाभ्यास मात्रै गरेको भन्दै आन्दोलनको वास्तविक रुप २६ माघमा देखिने बताए । पोखरेलले आवश्यक परे आमहड्तालसम्म पुगेर सरकारलाई घुँडा टेक्न बाध्य बनाउने चेतावनी पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>