समाचारबिहीबार, माघ १८, २०६९
सरकारले सहमतिको ढोका बन्द गर्यो: खनाल
एमाले इलामले १८ माघमा गरेको पत्रकार सम्मेलनमा खनालले आफूहरुको आन्दोलन कसैलाई सिध्याउन वा निषेधका लागि नभई एमाओवादीको सर्वसत्तावादका विरुद्ध र लोकतन्त्रको रक्षाका लागि भएकोमा जोड दिए । “एकीकृत माओवादीलाई सिध्याएर सत्तामा जानका लागि हाम्रो आन्दोलन होइन तर एमाओवादीभित्रको सर्बसत्तावादलाई भने सिध्याएरै छोडछौं,” खनालले भने ।
राजनीतिक सहमति कायम गरी निर्वाचनमा जानका लागि एमाले हरदम तयार रहेकोे भन्दै खनालले सरकार आफैं सडकमा पुगेपछि वार्ता र संवादको ढोका बन्द भएको बताए । “विपक्षीले वार्ता चाहँदा चाहँदै पनि माओवादीले नै छलफलको ढोका बन्द गरेको छ ,” उनले थपे, “आन्दोलनभन्दा पहिले संवाद भइरहेको थियो ।”
गृहजिल्ला इलाममा आएका खनालले उनकै जन्मथलो साखेजुङमा बन्न लागेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास पनि गरेका छन् । खनालले इन्स्टिच्युटलाई ३२ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् ।
