समाचारबिहीबार, माघ १८, २०६९

प्रेसमाथि आक्रमण जारी रहे अन्तराष्ट्रिय अदालत जाने गाउँलेको चेतावनी

हिमालखबर

एमाओवादी कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचाररत पत्रकार कृष्ण न्यौपानेको अवस्था बुझ्दै पत्रकार महासंघको टोली

एमाओवादी कार्यकर्ताबाट १६ माघमा काभ्रेमा पत्रकारहरु कुटिएपछि जिल्लामा पत्रकारको अवस्था बुझ्न आएका महासंघका अध्यक्ष गाउँलेले पत्रकार कुटेर लोकतन्त्र संस्थागत नहुने भन्दै सत्तापक्षबाटै पत्रकार कुटिने स्थिती जारी रहेमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने बताएका छन् । उनले प्रेसमाथि ज्यादती भएकोमा एमाओवादीले सार्वजनिक माफी माग्नुपर्ने र घाइते पत्रकारको उपचारसाथै लुटिएका सञ्चार सामाग्रीको क्षतिपूर्ति दिनुपर्ने माग गरे । उनले भने, “संक्रमणकालको नाममा विचार र अभिव्यक्ति स्वतन्तत्रामाथि अंकुश लगाउन पाइँदैन ।”

गाउँलेको नेतृत्वमा आएको पत्रकारहरुको टोलीले १८ माघमा जिल्लाका क्रियाशिल पत्रकारहरुसँग भेटेर उनीहरुको अवश्था बुझेको छ । टोलीले एमाओवादीको आक्रमणबाट घाइते भई धुलिखेल अस्पतालमा उपचाररत पत्रकारहरुसँग पनि भेट गरेको छ ।

महासंघको टोलीसँग स्थानीय पत्रकारहरुले एनेकपा माओवादीका कार्यकर्ताले अझै पनि ज्यान मार्ने धम्की दिइरहेको जानकारी गराउँदै त्रासकै अवश्थामा काम गर्नुपरेको गुनासो गरे ।

१६ माघमा बनेपामा भएको एनेकपा माओवादीको दोस्रो जिल्ला सम्मेलनमा समाचार संकलनको लागि गएका कान्तिपुर दैनिकका काभ्रे सम्वाददाता मनोज बस्नेत र सौर्य दैनिकमा कार्यरत मोतिराम तिमल्सिनालाई एमाओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका थिए । समाचार संकलनकै लागि गएका ग्रेस एफएमका कृष्ण न्यौपाने, नेपाल समाचारपत्रका रामकृष्ण चापागाई, अभियान दैनिकका काभ्रे सम्वाददाता तथा काभ्रे हटलाइनका कार्यकारी सम्पादक कृष्णचन्द्र बञ्जारा, रेडियो नमोबुद्धका प्रकाश सुन्दास, महासंघ काभ्रे शाखाका पुर्वअध्यक्ष एवं नेपाल टेलिभिजनका भोला थापा र काभ्रे टाइम्सका सम्पादक आरएल श्रमजीवीमाथि आक्रमण गरी घाइते बनाएका । त्यसैगरी आक्रमणको दृष्य खिचेका माउन्टेन टिभीका कपिल कोइराला र राजधानी दैनिकका केशवराज पौडेललाई खिचेको फोटो डिलिट नगरे ज्यान मार्ने धम्की दिएका थिए । आक्रमणबाट गम्भीर घाइते न्यौपाने धुलिखेल अस्पतालमा उपचाररत छन् । माओवादी कार्यकर्ताले न्यौपानेको कपडा र कार्ड च्यात्दै अण्डकोषमा समेत प्रहार गरेका थिए ।

नेपाल पत्रकार महासंघ काभ्रेले पत्रकारहरुको जीउधनको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यलय काभ्रेमा ज्ञापनपत्र पेश गरेको छ ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>