समाचारशुक्रबार, माघ १९, २०६९

हराएका एघार जना भेटिए

रासस

अम्रिसो काट्ने क्रममा भारतको पश्चिम चम्पारण पुगेका आफूहरू बाटो बिराएपछि रातभर जगङ्लमै बसेको हराएकीमध्येकी एक विष्णुमाया पौडेलले बताइन् । बघौडा– ४ शीतलपुरका उनीहरु १८ माघ बिहान जङ्गलतर्फ गएका रातिसम्म पनि घर नफर्किएपछि इलाका प्रहरी कार्यालय वसन्तपुर र स्थानीयवासी उनीहरूको खोजिका लागि जङ्गल पसेका थिए ।

सोमेश्वर जङ्गलको सुत्केरी डाँडा भन्ने ठाउँमा पुग्दै गर्दा अम्रिसो काट्न गएकाहरु फर्कंदै गर्दा भेटिएका थिए । उनीहरूले प्रयोग गर्नेगरेको मोबाइल स्वीच अफ भई सम्पर्कमा नआउँदा भारतीय सीमा सुरक्षाबल एसएसबीका जवानहरूले उनीहरुलाई नियन्त्रणमा लिएको हुनसक्ने आशङ्का गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>