समाचारशुक्रबार, माघ १९, २०६९

पत्रकार डेकेन्द्र हत्याका अभियुक्तहरु जेल चलान

हिमालखबर

पत्रकार डेकेन्द्र थापालाई माओवादीले चरम यातनापश्चात हत्या गरेको थियो ।

१९ माघमा जिल्ला न्यायाधीश रामकृष्ण भट्टको इजलासले पत्रकार थापा हत्या अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई जेल चलान गर्ने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दराज पन्तले बताए ।

थापा हत्यासम्बन्धी मुद्दामा १८ र १९ माघमा बादी र प्रतिवादी दुवैतर्फका वकिलहरुले बहस गरेका थिए । जाहेरी दर्खास्तवाला डेकेन्द्रकी पत्नी लक्ष्मी थापाका तर्फबाट जिल्ला सरकारी वकिल डम्बर काफ्ले सहित अधिवक्ताहरु वसन्त गौतम, कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललितबहादुर मल्ल र गोबिन्द बन्दीले बहस गरेका थिए । त्यस्तै अभियुक्त पक्षबाट गोपाल शिवाकोटी चिन्तन, केदार गुरागाईं र कपिल पोखरेलले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट स्थानीय अधिवक्ताहरुले बहस गर्न नमानेपछि चिन्तनसहितको टोली काठमाडौंबाट आएको थियो । डेकेन्द्र पत्रकारमात्रै नभई असल समाजसेवीसमेत भएकाले प्रतिवादीलाई जिल्लाका कानून ब्यवसायीले साथ नदिएको एक अधिवक्ताले बताए ।

तत्कालीन नेकपा माओवादीले २७ साउन २०६१ मा पत्रकार थापाको अपहरण गरी हत्या गरेको थियो । थापा हत्याका अन्य चार अभियुक्त अझै पक्राउ परेका छैनन्  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>