समाचारशुक्रबार, माघ १९, २०६९

अधिनायकवाद टिक्दैनः कोइराला

हिमालखबर

विरोधसभालाई सम्बोधनगर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले लोकतन्त्र सखाप पार्ने षड्यन्त्र गरिरहेको बताए । कांग्रेसले लोकतन्त्रविरुद्ध कुनै पनि सम्झौता नगर्ने भन्दै कोइरालाले भने, “नागरिक अधिकारको सुनिश्चितता नभएसम्म कांग्रेसले लडाइँ जारी राख्छ ।” सभापति कोइरालाले एमाओवादीले अधिनायकवादी बाटो रोजेको आरोप लगाउँदै आधुनिक युगमा विश्वमा कतै पनि अधिनायकवादी शासन लामोसमय नटिक्ने बताए ।

सभालाई सम्बोधनगर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार निरंकुश बन्दै गएको टिप्पणी गर्दै आन्दोलनको बलबाटै सरकार ढल्ने दावी गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाबुराम भट्टराई नेतृत्वको सरकारको दिनगन्ती शुरु भइसकेको बताए ।

सभालाई काङ्ग्रेस युवा नेता गगन थापा एवं एमाले नेता ठाकुर गैरलगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>