समाचारशुक्रबार, माघ १९, २०६९

एमाओवादी महाधिवेशन यसरी शुरु हुँदैछ

हिमालखबर

हेटौँडाको हुप्राचौरमा २० माघ मध्यान्ह १ बजे महाधिवेशनको उद्घाटन हुने प्रवक्ता सापकोटाले जानकारी दिए । उद्घाटनका दिन तीन हजार पाँच सय वाइसियल परिचालन गरिने भएको छ । बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीलाई परिचालन गरिने छ । समाचार सम्प्रषेणका लागि मिडिया सेन्टर स्थापना गरिएको छ ।

‘‘क्रान्तिकारी कार्यदिशालाई नयाँ उचाइमा विकास गरौं, एकताको सातौं राष्ट्रिय महाधिवेशनलाई सफल पारौं” भन्ने मूल नारा तय गरिएको महाधिवेशनको अवसरमा पारेर एमाओवादीले घर–घरबाट सुझाव संकलन गर्ने भएको छ । ‘एक घर एक सुझाव’ अभियान अन्तर्गत संकलित सुझाव राजनीतिक दस्तावेजमा समेटिने प्रवक्ता सापकोटाले जानकारी दिए । नेता तथा कार्यकर्ता जनताका घर दैलोमा पुगेर एमाओवादीले आगामी दिनमा अङ्गाल्नुपर्ने नीति योजना तथा रणनीतिका बारेमा जनतासँग सुझाव लिन लागेको उनले जानकारी दिए ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु हेटौंडा पुगिसकेका छन् । उद्घाटनसत्रमा नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत नेता उपस्थित हुने प्रवक्ता सापकोटाले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टी, कोरियन वर्कस पार्टी, रुसी कम्युनिस्ट पार्टी, रेड पार्टी नर्वे, भारतीय कम्युनिस्ट पार्टीलगायत एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीका प्रतिनिधि समेत उद्घाटन सत्रमा सहभागी हुन आएको सापकोटाले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>