समाचारशनिबार, माघ २०, २०६९
टिस्टामा भेटिएको शव राठी र चुडालको हुनसक्ने
प्रहरी उच्च स्रोतका अनुसार भारतको पश्चिम बंगालको टिस्टा खोलमा शव फेला परेको हो । अपहरण र हत्यामा संलग्न भएको अभियोगमा भारतीय नागरिक अभिजित बसु र सुरेन्द्रकुमार मिश्र पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तको बयानको आधारमा हेर्न जाँदा दुई वटा शव देखिएको तर प्रहरीले पुष्टि गर्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।
थप अनुसन्धानका लागि विराटनगरबाट डिएसपी उमा चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उच्च स्रोतले हिमालखबरलाई जानकारी दिएको छ ।
काँकडभिट्टा हुँदै सिलगुढी पुगेका राठी २७ पुसबाट बेपत्ता थिए ।
