समाचारशनिबार, माघ २०, २०६९

एमाओवादीको हेटौडा महाधिवेशन शुरु

हिमालखबर

महाधिवेशन उद्घाटन कार्यक्रममा एमाओवादी अध्यक्ष दाहाल । तस्बीरः विक्रम राई/हिमालखबर

२० माघमा हेटौंडाको हुप्राचौर मैदानमा पानसमा बत्ति बालेर पार्टी अध्यक्ष दाहालले महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुभकामना मनतव्य व्यक्त गरेका छन् भने नागरिक अगुवा लगायत अन्य दलका नेताहरुले शुभकामना दिने क्रम जारी छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु भने उद्घाटन समारोहमा गएका छैनन् । कांग्रेस सभापति सुशील कोइराला विपक्षी दलको विरोध कार्यक्रमको क्रममा मध्यपश्चिममा छन् भने एमाले अध्यक्ष झलनाथ खनाल विराटनगरमा आयोजित विरोध सभामा सहभागी छन् । त्यसैले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेब गौतम, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणालगायतका नेताहरुको भने सहभागिता छ ।

उदघाटन शुरु हुनुअघि एमाओवादी कार्यकर्ताको जुलुश हेटौंडाका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए । हेटौडा बजार प्रवेशको चारै नाकाहरु हनुमान गेट, चौकीटोल, कान्तिराजपथ र राप्तिपुलबाट निस्किएको र्‍याली नगरपरिक्रमापश्चात उद्घाटन स्थल हुप्राचौरमा पुगेर उदघाटन समरोहमा परिणत भएको थियो ।

झण्डै २१ वर्षपछि हुन लागेको महाधिवेशनको बन्द सत्र २१ माघदेखि हेटौडा औधोगिक क्षेत्रमा हुनेछ । बन्दसत्रमा झण्डै ३ हजार भन्दा बढी प्रतिनिधी र पर्यवेक्षक सहभागी हुने एमाओवादीले जनाएको छ । २५ माघसम्म चल्ने महाधिवेशनमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
अलीअसगर देवान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>