समाचारशनिबार, माघ २०, २०६९
एमाओवादीको महाधिवेशन मेला मात्रैः भण्डारी
२० माघमा प्रेस चौतारी पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले विचार, नेतृत्व र पद सबै पहिले नै टुङ्गो लगाएर गर्न लागिएको महाधिवेशन कुम्भमेला मात्रै हुने बताएकी हुन् ।
उनले एमाओवादी नेतृत्वको गठबन्धनले कुनै पनि हालतमा चुनाप नहोस् भन्ने पक्षमा रहेको आरोप लगाउँदै भनिन्, “नत्थी लगाएर विपक्षीलाई चुनावमा ल्याउँछु भन्नु अर्को निरङ्कुशता हो ।” चुनावी सरकारका लागि स्वतन्त्र व्यक्ति अघि सार्न खोज्ने काम पनि त्यसकै उपज भएको उनको भनाइ थियो ।
