समाचारआइतबार, माघ २१, २०६९
विपक्षी दलद्वारा काभ्रे बन्द
प्रहरीकै आडमा एनेकपा माओवादीको भातृ संगठन वाइसियलका कार्यकर्ताले आफ्नो शान्तीपूर्ण आन्दोलनमा हस्तक्षेप र दमन गरेको भन्दै कांग्रेस र एमालेलगायतका दलले २१ माघमा गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।
१६ माघमा प्रतिपक्षी दलले गरेको प्रदर्शनमा वाइसियलले आक्रमण गरेका थिए । आक्रमणबाट विभिन्न दलका नेता, कार्यकर्ता तथा सञ्चारकर्मी समेत घाइते भएका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
