समाचारआइतबार, माघ २१, २०६९

एमाओवादी महाधिवेशनमा प्रतिनिधि विवाद

हिमालखबर

प्रतिनिधि चयनमा भएको विवाद मिलाउन नसकेपछि २१ माघ दिउँसो एक बजेदेखिमात्रै बन्दसत्र शुरु गर्ने एमाओवादीले जनाएको छ । यसअघि दिउँसो १२ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो ।
विहान बसेको केन्द्रीय कार्यालयको बैठकले पनि राज्य तहमा देखिएको प्रतिनिधि र पर्यवेक्षक चयनको विवाद मिलाउन नसकेपछि अहिले आयोजक कमिटीको बैठक बसिरहेको छ । आयोजक कमिटीले विवाद मिलाएपछिमात्रै बन्दसत्र सुरु हुनेछ ।

एकीकृत माओवादीले अब दीर्घकालीन जनयुद्ध पूरै छाडेर समाजवादी क्रान्तिका लागि राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिने बताएको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि २२ माघदेखि छलफल हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>