समाचारआइतबार, माघ २१, २०६९

राठी हत्याको विरोधमा विराटनगर बन्द

हिमालखबर

मोरङ व्यापार सङ्घको आह्वानमा २१ माघमा विराटनगर बन्द भएको हो । स्थानीय उद्योगी समाजसेवी राठीको हत्याबाट विराटनगरका उद्योगी व्यावसायी र स्थानीयवासी त्रसित एवम् दुःखी भएका छन् ।

२७ पुसदेखि परिवारजनबाट सम्पर्कविहीन रहेका व्यापारीको अपहरण भएको अनुमान गरिएको थियो । २० पुसमा राठी र विराटनगर शिव सेना प्रमुख चन्द्रप्रकाश चुडालको शव सिलिगुडीदेखि करिब १६ किलोमिटर टाढा सुकुना वन क्षेत्रमा फेला परेको थियो ।
भारतीय अपराधीहरुले व्यवसायमा सहकार्यको बाहना बनाएर राठीसँगै चूडाललाई पनि बोलाई हत्या गरेको र परिवारसँग फिरौती पनि लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>