समाचारआइतबार, माघ २१, २०६९
नेपालगञ्ज्मा विपक्षी दलको विरोध सभा जारी
नेपाली कांग्रेस बाँकेको अगुवाईमा नेकपा एमाले, नेकपा माले, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १० पार्टीको संयुक्त आयोजनामा २१ माघमा नेपालगञ्जको रामलीला मैदानमा विरोधसभा भईरहेको छ ।
सभामा विपक्षी दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम चलिरहेको छ । सभामा काङ्गे्रेस सभापति सुशील कोइराला, नेकपा एमालेका सचिव युवराज ज्ञवाली, राप्रपाका महामन्त्री दीपक बोहरालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । विरोधसभामा बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलेख, कैलालीलगायतका जिल्लाका कार्यकर्ताको सहभागिता छ ।
