समाचारआइतबार, माघ २१, २०६९
एमाओवादीले हेटौंडाबाट सर्वसत्तावादी सोच त्यागोस्: खनाल
विपक्षीहरुले २६ माघमा गर्न लागेको विरोधसभाबारे अगुवा कार्यकर्तालाई एमाले मुख्यालयमा निर्देशन दिने क्रममा अध्यक्ष खनालले यस्तो धारणा राखेका हुन । एमाओवादी नसच्चिए त्यो पार्टी कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने अध्यक्ष खनालको भनाई थियो । महाधिवेशनमा शुभकामना दिन नगएका खनालले राजधानीबाटै एमाओवादीलाई सर्वसत्तावाद त्याग्न आग्रह गरेका हुन ।
पूर्व प्रधानमन्त्री खनालले बाबुराम भट्टराई नेतृत्वको सरकार नै राष्ट्रिय सहमतिको बाधक रहेको बताए । उनले राजीनामा दिन तयार नभए भट्टराईलाई आन्दोलनको आँधी बेहरीबाटै हटाउने पनि दाबी गरेका थिए ।
