समाचारसोमबार, माघ २२, २०६९
मुलुकमा हिंसा बढ्योः विपक्षी नेता
उनीहरुले अहिले दिनकै अपहरण, बलात्कार, हत्या, भ्रष्टाचार जस्ता समाचारले अखबारका पाना भरिएको भन्दै बाबुराम भट्टराईले सुशासनका नाममा दण्डहिनता, हिंसा र भ्रष्टाचार जनतालाई उपहार दिएको आरोप लगाएका छन् ।
२२ माघमा विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष वामदेव गौतमले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रेस युनियन मोरङले गरेको कार्यक्रममा नेता देउवाले देशमा हत्या, हिंसा, अपहरण जस्ता अपराधहरु सामान्य हुँदै गएको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकार असक्षम भएको दाबी गरे ।
त्यस्तै प्रेस चौतारी मोरङले गरेको कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले भट्टराई नेतृत्वको सरकार देशलाई बर्वाद पार्न उद्धत रहेको भन्दै देशमा भ्रष्टाचारका साथै हिंसा र बलात्कार जस्ता अपराधहरुमा बृद्धि भएको टिप्पणी गरे । उनले भने, “बाबुराम सरकारको उपहार हत्या, हिंसा र बतात्कार ।”
प्रधानमन्त्री भट्टराईले चुनाव गराउ“छु र संविधान ल्याउ“छु भन्नु उहिल्यै माओवादीले रोल्पामा चुनाव गराएको र संविधान ल्याएको जस्तै हुने उनको भनाई थियो ।
कमल रिमाल, विराटनगर
