समाचारसोमबार, माघ २२, २०६९
दाहालको प्रतिवेदनमा समूहगत छलफल शुरु
२२ माघ बिहान समूह विभाजन गरिएको र भोलीसम्म राजनीतिक प्रतिवेदनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको एमाओवादी नेता महेश्वर गहतराजले जानकारी दिए । समूहगत छलफलपछि बन्दशत्रमा टोली नेताले अध्यक्षको प्रतिवेदनमाथि सुझाब पेश गर्नेछन् ।
अहिलेसम्म अध्यक्षको प्रस्तावमा राम कार्की, सोनाम साथि र गोपाल किराँतीले फरक मत राखेका छन् । राजनीतिक प्रतिवेदनपछि आर्थिक तथा विभिन्न आयोगका प्रतिवेदनमा छलफल हुनेछ । हेटौंडामा शनिबारदेखि शुरु भएको महाधिवेशन २५ माघमा सकिनेछ ।
अली असगर
