समाचारसोमबार, माघ २२, २०६९
शैलजाकी आमा इन्दिराको निधन
इन्दिरा आचार्यको राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २००३ साल चैत्रमा विराटनगरको मजदूर आन्दोलनमा गिरिजाप्रसाद कोइराला लगायतका अन्य मजदूर नेताहरु गिरफ्तार हुँदा त्यसको विरोध गर्दै प्रदर्शनमा उत्रेका अन्यसँगै इन्दिरा आचार्य समेत गिरफ्तार भएकी थिइन् । इन्दिरा आचार्यले वि.सं. २००७ सालको क्रान्तिमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
वि.सं. २००९ सालमा गठन भएको सल्लाहकार सभामा उनी सदस्य समेत थिइन् । इन्दिरा आचार्यकी छोरीहरु शैलजा आचार्य, मधु बाँस्तोला र छोरा प्रदीप आचार्यको निधन भैसकेको छ ।
स्वं आचार्यको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर आचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले इन्दिरा आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै देशमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय योगदान पु¥याएकी इन्दिरा आचार्यको निधनको खबरले आफू स्तब्ध र दुःखी भएको बताएका छन् ।
