समाचारसोमबार, माघ २२, २०६९
निर्वाचन भन्नु एमाओवादीको नाटकः नेता नेपाल
प्रेस चौतारी स्याङ्जाले आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले पटकपटक निर्वाचनका लागि मिति तयको नाटक गर्ने तर निर्वाचन गराउन नसक्ने् एमाओवादीको चरित्रका कारण मुलुक संकटमा परेको दाबी गरे । उनले भने, “चुनाव नचाहेको एमाओवादीले पटकपटक चुनावको नाटक रचेर जनतालाई झुक्याएको छ, त्यसको भ्रममा हामी पर्नेवाला छैनौं ।” नेता नेपालले एमाओवादी चुनावबाट डराएकोसमेत बताए ।
मुलुकमा प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वसत्तावाद लाद्न खोजेकाले पनि दलीय सहमति हुन नसकेको भन्दै उनले एमाओवादीमा सर्वसत्तावाद हावी रहँदासमम कुनै पनि हालतमा सहमति जुट्न नसक्ने ठोकुवा गरे ।
सहमति जुट्न नसक्ने भएपछि त्यसको प्रतिवादका लागि विपक्षी दलहरुले आन्दोलनको घोषणा गरेको जानकारी दिंदै नेता नेपालले भने, “यही आन्दोलनबाटै सहमति बन्छ, अरू कुनै विकल्प छैन ।”
नेपालले दलहरुले गरेको आन्दोलन सत्ता प्राप्तिका लागि नभई माओवादीको सर्वसत्तावाद विरुद्धमा भएको बताएका थिए ।
