समाचारसोमबार, माघ २२, २०६९
‘अभियुक्तले सजाय भोग्छु भन्दा प्रधानमन्त्री हुँदैन भन्छन’
झापाको दमकमा २२ माघमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता शेरबहादुर देउवाले सरकारले दण्डहिनतालाई प्रश्रय दिएको दोहोर्याउँदै निर्दोष पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई प्रधानमन्त्रीले जोगाउन खोज्नु विडम्बनापूर्ण भएको बताए । उनले भने, “ हत्या गरेको अभियुक्तले सजाँय भोग्छु भन्दा पनि यो देशका प्रधानमन्त्री कारबाही नगरौं भन्छन् , यो कस्तो बिडम्बना ?”
नेता देउवाले विगतमा एमाओवादीले शुरु गरेको सशस्त्र हिंसाका बेला राजनीतिमा संलग्न नरहेको सर्वसाधारणलाई हत्या गर्ने अपराधीहरुलाई प्रधानमन्त्री बाबुराम भट्टराईले माफी दिन खोज्नुले देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम गरेको बताए ।
उनले बाबुराम भट्टराई सरकारबाट नहटदासम्म मुलुकको समस्या समाधान नहुने भन्दै सरकार विरोधी आन्दोलनमा सक्रिय हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।
गोपाल गडतौला, झापा

