समाचारमंगलबार, माघ २३, २०६९

विपक्षी दलहरूले धनगढीमा विरोधसभा गर्दै

हिमालखबर

६ माघ गतेदेखि निरन्तर आन्दोलनमा रहेका कांग्रेस एमालेसहितका विपक्षी दलहरुले बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापनका लागि भन्दै देशका विभिन्न भागमा दबाबमूलक सभाहरू गर्दै आएका छन् । आज धनगढीमा हुने सभालाई नेकपा एमालेका नेता केपी ओली, नेपाली कांग्रेसका नेता रामशरण महतलगायतका नेताहरूले संबोधन गर्दैछन् । सभा अघि विभिन्न ठाउँमा जुलुस प्रदर्शन हुने बताइएको छ ।

आजको विरोधसभामा कैलाली, कञ्चनपुर र अरू जिल्लाहरूबाट करिब २० हजारको सङ्ख्यामा कार्यकर्ताहरू उतार्ने विपक्षी दलहरूको दाबी छ । यसअघि २२ माघमा विरोधसभाको प्रचारका लागि भन्दै धनगढीमा मोटरसाइकल र्‍याली निकालिएको थियो ।

विपक्षीदलहरुले २६ माघमा काठमाडौंमा संयुक्त बृहत राजनीतिक सभा गरेपछि दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>