समाचारमंगलबार, माघ २३, २०६९
उपाध्यक्ष श्रेष्ठद्वारा फरक मत प्रस्तुत
२३ माघमा बन्दसत्र शुरु हुने बित्तिकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्ककमल दाहालको प्रतिवेदनमाथि मौखिक रूपमा फरक मत प्रस्तुत गरेका छन् । उनले राष्ट्रियताको मुद्दा र विप्पा सम्झौतालगायतका विषयमा पार्टीको आधिकारिक धारणा आउनुपर्ने र महाधिवेशनमै छलफल हुनुपर्ने माग गरेका छन् ।
अध्यक्षको प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि अहिले बन्दसत्रमा समूहगत निष्कर्ष टोली नेताहरूले प्रस्तुत गर्ने क्रम चलिरहेको छ । छलफलबाट उठेका निष्कर्ष प्रस्तुत गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिनेछन् । उनले “नेपाली क्रान्तिको नयाँ संश्लेषण, एक ऐतिहासिक आवश्यकता” शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२० माघदेखि शुरु भएको एनेकपा माओवादीको महाधिवेशन २६ माघमा सकिने कार्यक्रम छ ।
