समाचारमंगलबार, माघ २३, २०६९

सरकार नढल्दासम्म आन्दोलन जारी:कोइराला

हिमालखबर

२३ माघमा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले राजनीतिक सहमतिको सरकार गठनका लागि आन्दोलन शुरु गरेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकार नढल्दासम्म आन्दोलन जारी रहने बताए ।

एमाओवादीले झुटो आश्वासनको खेती गरिरहेकाले उसमाथि विश्वास गर्ने आधार नभएको स्पस्ट गर्दै सभापति कोइरालाले आन्दोलन सत्ताका लागि नभई लोकतन्त्रको रक्षाका लागि भएको समेत बताए । उनले अन्तरिम संविधानका सबै कुरालाई माओवादीले उल्लङ्घन गरेर जनतालाई झुटो आश्वासन बाँड्ने गरेको आरोप लगाए ।

सभापति कोइरालाले अहिले राष्ट्र इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको पनि टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>