समाचारमंगलबार, माघ २३, २०६९

जनमत संग्रह स्वीकार्य छैनः नारायणकाजी

हिमालखबर

हेटौंडामा जारी एमाओवादीको महाधिवेशनका क्रममा पत्रकार सम्मेलनको आयोजना गरी श्रेष्ठले राष्ट्रियताको विषयमा कोही कसैसँग पनि सम्झौता नगर्ने भन्दै सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिलगायतका असमान सन्धिहरुका विषयमा पार्टीले प्रस्ट धारणा तयार पार्ने जरुरी रहेकोमा जोड दिए । उनले भने, “राष्ट्रियताको विषयमा कोही कसैसँग सम्झौता हुन सक्दैन, यसबारे प्रस्ट धारणा बनाएर अगाडि बढ्नु आवश्यक छ ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सिमानाका विषयमा जनमत सङ्ग्रहमा जाने उल्लेख छ । प्रतिवेदनबारेको छलफलमा आफ्ना भनाई राखिसकेपछि पत्रकार सम्मेलन गरेका श्रेष्ठले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको विप्पा सम्झौता राष्ट्र हितमा नभएको बताए ।

उनले उक्त विषयमा पार्टीको स्पष्ट धारणा महाधिवेशनबाटै टुंगो लगाउनु पर्ने भए पनि अध्यक्ष पुष्पकमल दाहालले समय अभावका कारण त्यसविषयमा बेग्लै छलफल गर्ने बताएको जानकारी दिए । उनले भने, “महाधिवेशनबाटै यस विषयमा टुंगो लागोस भन्ने मेरो धारणा हो तर, अध्यक्ष कमरेडले दिएको विकल्पमा पनि जान सकिन्छ ।” दाहालले अधिवेशनको ६ महिनाभित्रै राष्ट्रिय स्वाधिनताका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने बताएका छन् ।

उनले पार्टीमा यतिबेला नीतिको विषयमा छलफल भएको र पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यका बारेमा कुनै पनि छलफल नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>