समाचारबुधबार, माघ २४, २०६९
एमाओवादीको फर्मुलाबाट सहमति हुन्नः पोखरेल
२४ माघमा हेटौडामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव इश्वर पोखरेलले कार्यकर्ताहरु समेत तीन गुटमा बिभाजित भएको एमाओवादी महाधिबेशनबाट सहमतिको कुनै सूत्र नआउने बताएका छन् । नेता पोखरेलले भने, “हेर्दा माओवादी नयाँ बाटोमा आएको जस्तो देखिन्छ तर, महाधिबेशनपछि पुरानै बिचारधारामा सिमित रहनेछ ।” २० माघमा एमाओवादी महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक सहमतिका लागि महाधिवेशनपछि सबैलाई मान्य हुने नयाँ फर्मुला ल्याउने बताएका थिए ।
एमाओवादी लोकतन्त्रको पक्षमा आएको जस्तो देखाएपनि चिन्तनहरु सर्बसत्तावादमै सिमित रहेको पोखरेलले दाबी गरे । दस्ताबेजमा माओवादीले हतियार छाडे पनि लोकतन्त्रको बाटोको लिन संकोच मानिरहेको भन्दै उनले माओवादीको नयाँ विचार अवसरबाद र दुरुपयोगमा प्रयोग सिमित रहने दाबी गरे । उनले एमाओवादी सिद्धान्तहिन पार्टीको रुपमा रुपान्तरण हुन सक्ने समेत भने ।
एमाओवादीले आर्थिक क्रान्ति गर्ने भनेपनि कार्यकर्ताबाट मात्र उत्पादन गर्ने भन्नु उसको सर्बसत्ताबादकै अर्को अंश भएको सचिव पोखरेलको तर्क छ । नेपालको अन्तराष्ट्रिय सीमा नक्साङ्कन जनमत संग्रहबाट गर्ने माओवादीको प्रस्ताबित नीति सार्बभौमसत्ता बिरोधी र राष्ट्रघाती चिन्तन भएको उनले दाबी गरे ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
