समाचारबुधबार, माघ २४, २०६९

प्रश्नपत्र नपाएपछि फर्किए परीक्षार्थीहरु

हिमालखबर

२४ माघमा बिएड तेस्रो बर्षको ‘फण्डामेण्टल अफ प्राइमरी एडुकेशन’ विषयको परीक्षा दिन नुवाकोट आदर्श बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा पुगेका २२ जना परीक्षार्थीहरु केन्द्रमा प्रश्नपत्र नै नआएपछि निराश हुँदै फर्किएका छन् ।

प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोका केन्द्रमा ल्याएर हेर्दा त्यहाँ प्रश्नपत्र नभेटिएपछि त्रिभुवन विश्वविद्यालयले उक्त विषयको प्रश्नपत्र नै तयार नभएको जानकारी गराएको क्याम्पस प्रमुख दीपक सिलवालले जानकारी गराएका छन् ।

२४ माघमा हुन नसकेको परीक्षा ९ फागुनमा सञ्चालन गर्न विश्वविद्यालयले अनुमति दिएको सिलवालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>