समाचारबुधबार, माघ २४, २०६९
भट्टराईको नैतिकता भए आफैं छोडुन्: देउवा
प्रेस युनियन धनकुटाले २४ माघ बिहान धनकुटामा आयोजना गरेको कार्यक्रममा वोल्दै बरिष्ठ नेता देउवाले बाबुराम भटटराईले सत्ता नछोडेका कारण मुलुक संकटमा परेको दाबी गरे । उनले विपक्षीहरुको आन्दोलन कुनै दल विशेषका विरुद्ध नभई सरकारको सर्वसत्तावाद र निरंकुशता विरुद्ध भएको प्रष्ट पारे ।
नेता देउवाले, “वर्तमान सरकार इतिहासकै भ्रष्ट, अनैतिक र फटाहा भएको छ ।” उनले भने, “डा.बाबुराम भट्टराईको नैतिकता भए आफैं सरकार छोडेर मार्ग प्रशस्त गरुन् नभए आन्दोलनबाट बढारिन्छन् ।”
विपक्षी दलहरुले गरेको सरकार विरुद्धको आन्दोलनमा जनताको साथ रहेको भन्दै उनले शान्तिपूर्णरुपमा आन्दोलनलाई सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।
सन्तोष रुचाल, धनकुटा
