समाचारबुधबार, माघ २४, २०६९

दाहाल लेण्डुप बन्न खोजेको गजुरेलको आरोप

हिमालखबर

रिपोर्टर्स क्लबले २४ माघमा काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा गजुरेलले सिक्किमलाई भारतमा विलय गराउने बेलामा लेण्डुप दोर्जे लगायतकाहरुले जनमत संग्रह गर्ने प्रस्ताव गरेको भन्दै सीमा विवादमा जनमत संग्रह गर्ने दाहालको प्रस्ताव डरलाग्दो राष्ट्रघात तर्फ उन्मुख भएको दावी गरे । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गम्भीर भएको गजुरेलको भनाइ छ ।

यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो आफूलाई नलागेको बताउदै गजुरेलले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रियताको कुरा उठाउनु लाजमर्दो विषय भएको बताए । उनले श्रेष्ठ पनि बाबुराम भट्टराई र दाहालभन्दा कम राष्ट्रघाती नहुने ठोकुवा गरे ।

साक्षात्कारमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको राजनीतिक र संवैधानिक निकास भनेको सरकारको बर्हिगमन र ताजा जनादेश नै भएको उल्लेख गरे । माओवादी सुध्रिएर लोकतन्त्रमा आउला भन्ने आफूलाई विश्वास नलागेको भन्दै यादवले माओवादी सुध्रिएर मुलुकको हितमा काम गरेको उदाहरण नभएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>