समाचारबुधबार, माघ २४, २०६९
सोसलिष्ट इन्टरनेशनलमा पुनः देउवा
पोर्चुगलको क्यासकाइस्मा ४–५ फेब्रुअरीमा आयोजित सोसलिष्ट इन्टरनेशनलको काउन्सीलको बैठकले देउवालाई एसियाप्रशान्त क्षेत्रको अध्यक्ष र सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा पुनः चार वर्षका लागि नियुक्त गरेको हो । इन्टरनेशनलको अध्यक्षमा ग्रिसको पासोक पार्टीका प्रेसिडेन्ट जर्ज ए पापान्ड्रेउ चयन भएका छन् ।
सन् १९५१ मा स्थापना भएको सोसलिष्ट इन्टरनेशनल विश्वभरका १६२ वटा सामाजिक लोकतान्त्रिक, समाजवादी र श्रमिक दलहरुको साझा संगठन हो ।
