समाचारबुधबार, माघ २४, २०६९

‘मधेशको नाममा राजनीति गर्ने किन यस्ता ?’

हिमालखबर

तस्बीर: इश्वरचन्द्र झा, जनकपुर

२४ माघमा विपक्षी दलहरुले जनकपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले सरकारको नेतृत्व गर्दा समेत हिंसा नत्यागेको भन्दै चन्दा, धम्की, हिंसाबाट मुलुकलाई आक्रान्त पारेको आरोप लगाए । जनकपुरको तिरहुतिया गाछीमा आयोजित संयुक्त विरोधसभामा सभापति कोइरालाले मधेशको नाममा राजनीति गर्ने दलहरु पनि हत्याहिंसा रुचाउने एमाओवादीका पछाडि किन लागेका होलान भन्ने प्रश्न गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २५ दिन भित्रै सरकार ढाल्ने ठोकुवा गरे । विपक्षी दलहरुको संघर्षले प्रधानमन्त्रीको कुर्सी हल्लिसकेको टिप्पणी गर्दै गौतमले चाँडै नै वर्तमान सरकारलाई सिंहदरबारबाट बाहिर निकाल्ने चेतावनी दिए ।

काँग्रेस उपसभापति राम चन्द्र पौडेलले देशभर विरोधसभाका माध्यमबाट जनताले दिइरहेको सन्देशलाई बुझ्न नसके वर्तमान सरकार तथा ए माओवादीलाई ठूलो क्षति व्योहोर्नुपर्ने भन्दै सरकारले मुलुकमा ब्रम्हलुट मचाईरहेको आरोप लगाए ।
बटुकनाथ झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>