समाचारबिहीबार, माघ २५, २०६९
सरकार नछोड्ने: दाहाल
अहिले संक्रमणकालको अवस्था रहेको र यसलाई कम्यूनिष्ट आन्दोलनको घुम्ती ठान्न नेता कार्यकर्तालाई आग्रह गर्दै दाहालले महाधिवेशनले संक्रमणकाल अन्त्य गर्न सघाउने भन्दै विपक्षी दलहरुसँग सहमति नभए आन्दोलनमा जाने बताएका छन् ।
मोहन बैद्यको अहिलेको बाटो भनेको जडसूत्रीय संसोधनवाद भएको आरोप लगाउँदै उनले जनबिद्रोहबाट सत्ता कब्जा गर्न संभव नभएको र त्यसो गर्दा ठूलो क्षति हुने भएकाले सम्झौता गरेर अघि बढ्नुपरेको बताए । विचार सशस्त्र भए हतियारले जुनसुकै समयमा पनि सशस्त्र हुन सकिने प्रचण्डले दावी थियो । दाहालले प्रतिवेदनमा कतिपय कुराहरू छुटेको स्वीकार गर्दै छुटेको विषयलाई समावेश गरी पारित गरिने बताएका छन् ।
यसैबीच बन्दसत्रमा अध्यक्ष दाहाल बोलिरहँदा सञ्चारमाध्यमलाई प्रत्यक्ष आवाज सुनाएको आरोपमा बन्दसत्रभित्रै एक प्रतिनिधिले कुटाइ खाएका छन् । पार्टीको गोप्य बन्दसत्र गतिविधि बाहिर पुर्याएको आरोपलाई उनलाई रगताम्य हुने गरी वाईसीएल कार्यकर्ताले कुटेका हुन् ।
प्रतिवेदनलगायत दस्तावेजहरू पारित भएपछि आजै नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया अघि बढ्ने एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
