समाचारबिहीबार, माघ २५, २०६९
सरकारको राजीनामा माग्दै चक्काजाम
नुवाकोटको आदर्श बहुमुखी क्याम्पस नेविसंघ ईकाइको आह्वानमा २५ माघ बिहान ८ बजेदेखि ९ बजेसम्म भएको एक घण्टे चक्काजाममा सरकारले तत्काल राजीनामा दिएर सबैंधानिक बाटो खोल्न माग गरिएको छ । बाबुराम सरकारले मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा समेत असफल राष्ट्रमा पु¥याएको भन्दै नेविसंघका कार्यकर्ताले सरकारको राजीनामा माग गरेका छन ।
पत्रकारमाथिको आक्रमणका दोषीलाई बचाउन सरकार तल्लिन रहेको, सवैंधानिक निकाय राखेर ताजा जनादेशमा जान कुनै पहल नगरेकाले विरोधका कार्यक्रम गरिएको नेविसंघ नेता बादलमान श्रेष्ठले जानकारी दिएका छन् ।
