समाचारशुक्रबार, माघ २६, २०६९

एमाओवादीको महाधिवेशन आज सकिँदै

हिमालखबर

२० माघदेखि मकवानपुरको हेटौंडामा चलिरहेको महाधिवेशनको अन्तिम दिन २६ माघको बन्द सत्रमा महाधिवेशन आयोजक समितिको बैठकले नयाँ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएपछि अध्यक्ष पुष्पकमल दाहालले सुनाउनेछन् ।

बैठकले यसअघिका केन्द्रीय सदस्यहरुलाई यथावत राखेर ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रचण्डको प्रस्ताव छ । तर, केन्द्रीय सदस्यमा बढुवा हुन चाहने केही आकांक्षीहरुले आफूहरुलाई पनि समावेश गर्नुपर्ने माग राखेपछि आयोजक समिति विवाद मिलाउने प्रयासमा जुटेको छ । पार्टीको पदाधिकारीमा भने करिब करिब कुरा मिलिसकेको नेताहरुको भनाई छ ।

महाधिवेशनले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन २५ माघमै पारित गरिसकेको छ । विपक्षी दलहरुलाई समेत मान्य हुने गरी राजनीतिक सहमतिको नयाँ ‘फर्मुला’ भन्दै दाहालले बहालवाला न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठ्न गर्ने प्रस्ताव गरेका छन् । तर विपक्षी दलहरुले भने उनको यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>