समाचारशुक्रबार, माघ २६, २०६९

विपक्षीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

हिमालखबर

खुला मञ्चमा विरोधसभाको तयारी गरिंदै ।

शक्ति प्रदर्शनका रुपमा लिइएको सरकारको विरोधमा आयोजित सभालाई विपक्षी दलहरुका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा सहभागी हुनका लागि नेताहरुले सबैलाई अपिल पनि गरेका छन् ।

दिउँसो १ बजे शुरु हुने भनिएको सभा अघि विभिन्न ठाउँबाट र्‍याली निकालिने जनाइएको छ । नेपाली कांगे्रसले सुन्धाराबाट, नेकपा एमालेले भृकुटीमण्डपबाट र्‍याली निकाल्दैछन् । त्यस्तै राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीले नक्साल नागपोखरीबाट तथा नेकपा माले, नेकपा संयुक्तलगायत साना दलले भद्रकालीबाट निकालेको छुट्टाछुट्टै र्‍याली खुलामंच पुगेपछि सभा शुरु हुने तयारी छ ।

यसअघि २५ माघमा बसेको विपक्षी नौ दलले वर्तमान सरकारले सत्ता नछोडे थप सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । सानेपामा बसेको विपक्षी दलको बैठकले सरकार विरुद्ध दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । सरकार विरुद्धको दोस्रो चरणको आन्दोलनका कार्यक्रम २९ माघमा सार्वजनिक गर्ने कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

६ माघमा दैलेखबाट आन्दोलन थालेका विपक्षी दलले आफ्नो आन्दोलन सफल रुपमा अघि बढिरहेको निष्कर्ष निकालेका छन् । सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न पनि आफूहरु सफल भएको ठहर गरेको बडुले दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>