समाचारशुक्रबार, माघ २६, २०६९
‘एमाओवादी प्रस्ताव स्वतन्त्र न्यायालय विरोधी’
विपक्षी दलहरुले काठमाडौंको खुलामञ्चमा २६ माघमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता देउवाले प्रधानन्यायाधीश जस्तो स्वतन्त्र व्यक्तिलाई आफ्नो पार्टीका तर्फबाट उम्मेदवार प्रस्ताव गर्नु आपत्तिजनक भएको वताए । भट्टराई नेतृत्वको सरकार न्यायालय, प्रहरी, प्रशासनलाई प्रभाव पार्ने र सत्ता कब्जा गर्ने रणनीतिमा लागेको भन्दै नेता देउवाले मुलुकलाई निकास दिनको लागि बाबुराम भट्टराई मुख्य बाधक भएको बताए ।
विगतमा आफू प्रधानन्त्री हुँदा अहिलेका प्रधानमन्त्री भट्टराईले बुझाएका ४१ बुँदे मागको बारेमा छलफल गर्न तयार रहेको जानकारी गराउँदा पनि आन्दोलनमा गएको सम्झनागर्दै देउवाले ती माग आफै प्रधानमन्त्री हुँदा पनि भट्टराईले एउटा पनि पूरा गर्न नसकेको दोहोर्याए ।
सभालाई सम्बोधनगर्दै चुरेभावर राष्ट्रिय एकता पार्टीका नेता भूमिराज निरौलाले बर्तमान सरकार हटाउनको लागि विपक्षी दलहरु डटेर एक हुनुपर्नेमा जोड दिदै भट्टराई नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाए । सभालाई विपक्षी दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।
