समाचारशुक्रबार, माघ २६, २०६९
भट्टराई स्टालिनवादीः लोहनी
२६ माघमा नौ विपक्षी दलहरुले आयोजना गरेको विरोध सभामा बोल्दै नेता लोहनीले प्रधानमन्त्री भट्टराईको काम ‘फुच्चे स्टालिनवादी’ भएको आरोप लगाएका हुन् । उनले देशको शासन सत्ताको साँचो विदेशीको हातमा छ भन्ने पहिलो प्रधानमन्त्री भट्टराई भएको भन्दै अहिले राष्ट्रियता इतिहासमा सबैभन्दा कमजोर अवस्थामा पुगेको बताए ।
नेता लोहनीले वर्तमान सरकारलाई ‘हाटहुट एण्ड लाटलुट बाबुराम कम्पनी’ को नाम दिएका छन् ।
एमाओवादी राजासँग मिल्न चाहन्थ्योः केसी
त्यस्तै सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाबुराम भट्टराईले मुलुकको राष्ट्रियता अहिलेसम्मकै सबैभन्दा कमजोर स्थितिमा पु¥याएको भन्दै यो संकटबाट निकासका लागि यो सरकारलाई हटाउनु जरुरी भएको बताएका छन् ।
केसीले एमाओवादी मुलुकमा गणतन्त्र ल्याउने पक्षमै नरहेको भन्दै पूर्व राजासँग कुरा नमिलेपछि मात्र गणतन्त्र आएको दाबी गरे । उनले भने, “ऊ राजासँग मिलेर सत्ता चलाउन चाहन्थ्यो तर, कुरा नमिलेपछि गणतन्त्र आयो ।”
नेता केसीले देशमा जातीयताको बिउ रोप्ने पनि एमाओवादी नै भएको बताए ।
