समाचारशनिबार, माघ २७, २०६९
राष्ट्रपतिले शीर्ष नेताहरूसँग छलफल गर्ने
सहमतिका लागि दबाब दिने उद्देश्यले राष्ट्रपतिले २७ माघसाँझ छलफलका लागि दलका नेताहरूलाई शीतलनिवास बोलाएका छन् । एमाओवादी, काङ्ग्रेस, एमालेका नेताहरूलाई छलफलका लागि बोलाइएको छ ।
एमाओवादीका नेताहरू महाधिवेशनका लागि हेटौडामा र प्रतिपक्षी दलका नेताहरू सडक आन्दोलनमा रहेकाले केही समयदेखि सहमतिका लागि दलहरूबीच कुनै पनि छलफल हुन सकिरहेको छैन । आजको छलफलमा एकीकृत माओवादीले सहमति र चुनावी सरकारका लागि बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्ने बताइएको छ ।
