समाचारआइतबार, माघ २८, २०६९
मंसीरमा नसक्नेले जेठमा पनि सक्दैनन्: यादव
२८ माघमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मंसीर ७ गतेका लागि आफैंले घोषणा गरेको निर्वाचन गराउन नसक्ने प्रधानमन्त्री भट्टराईले जेठमा पनि चुनाव गराउनै नसक्ने दाबी गरे ।
उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै यस्तै अवस्था रहे दाता राष्ट्रहरुले दिदैआएको अनुदान पनि कटौति हुने बताए । उनले एमाओवादी र मधेशी मोर्चा गठबन्धनको सरकारले मुलुकमा सुशासन दिन नसकेको, निर्वाचन गराउन नसकेको, राजनीतिक सहमतिमा बाधक बनेको, भ्रष्टाचारमा नयाँ रेकर्ड बनाएको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराईको सत्तामा बस्ने कुनै हैसियत नभएको बताए ।
मुलुकमा यस्तै अवस्था रहिरहे जनआन्दोलनका उपलब्धी गुम्ने खतरा रहेको भन्दै आगामी जेठभित्रै निष्पक्ष र भयरहित वातावरणमा स्थानीय निकायसहित संविधान सभाको निर्वाचन हुनुपर्ने बताएका थिए ।
अली असगर वीरगन्ज
