समाचारआइतबार, माघ २८, २०६९
दाहालले भने, ‘गिरिजाबाबु जस्तो पार्टनर भेटिनँ’
काभ्रेको धुलेखेलमा माघ २८ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष दाहालले इतिहासको आवश्यकताले गर्दा विगतमा गिरिजाप्रसाद कोइरालासँग पार्टनरशीप (सहकार्य) गरेको बताएका छन् । उनले अब नेपाली आन्दोलनलाई नयाँ उचाइँमा पुर्याउन नयाँ पार्टनरको खोजीमा रहेको बताए ।
उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला नेपाली क्रान्तिको पहिलो अगुवा भएको बताए । “विश्व परिवेश, प्रविधिको विकास र जनताको आवश्यकता बुझेको हुँदा बीपी कोइरालालाई मैले आदर्श मानेको छु,” दाहालले भने ।
उनले गिरिजाप्रसाद कोइरालाजस्तो सहयात्री नपाए पनि क्रान्तिको कार्यभार भने अगाडि बढाउने बताएका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
